तीनकुने घटना :आगजनी तथा तोडफोडमा संलग्न थप सातजना पक्राउ

काठमाडौँ। गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदशर्नका क्रममा तोडफोड र आगनजीमा संलग्न रहेको आरोपमा थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोड्ने नाममा प्रहरीमाथि ढु‌ङ्गामुढा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले सुरक्षाकर्मीलाई आक्रमण र हातहतियारसमेत खोस्ने काममा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरू दलका कार्यालय तथा नेताको निजी निवास, […]

Apr 2, 2025 - 15:48
 0
तीनकुने घटना :आगजनी तथा तोडफोडमा संलग्न थप सातजना पक्राउ

काठमाडौँ।

गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदशर्नका क्रममा तोडफोड र आगनजीमा संलग्न रहेको आरोपमा थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ।

निषेधित क्षेत्र तोड्ने नाममा प्रहरीमाथि ढु‌ङ्गामुढा, लाठी, फलामका रड, घरेलु हतियारसमेतले सुरक्षाकर्मीलाई आक्रमण र हातहतियारसमेत खोस्ने काममा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरू दलका कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारणस्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा तोडफोड, आगजनीमा संलग्न रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एपसपी अपीलराज बोहराका अनुसार ।उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

उनीहरूमध्ये एकजनालाई राज्यविरुद्धको अपराध अभियोगमा मुद्दा चलाइने भएको छ । बाँकी ६ जनालाई अपराधिक उपद्रव कसूर अन्तर्गत मुद्दा चलाउन लागिएको बोहराले बताए ।

को को परे पक्राउ ?

रुपन्देहीको देवदह नगरपालिका-९ घर भएका ४७ वर्षका प्रेम थापा मगर ।

झापाको गौरादह नगरपालिका-१ गौरादह घर भएका २१ वर्षका समिर मगर ।

रामेछापको सुनापाति गाउँपालिका-१ घर भएका २२ वर्षका सुरेश गौतम ।

ताप्लेजुङको फुङलिङ नगरपालिका-३ घर भएका २३ वर्षका सुशील बराल ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षका रमेश राई ।

अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षका गोकर्ण शाही ।

संखुवासभाको पाचँखपन नगरपालिका-२ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षका मुकुन्द दाहाल ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register