‘बंगलादेशसँगको विद्युत व्यापारमा कुनै जोखिम छैन’- उर्जामन्त्री 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको बताएका छन् । उनले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गरेका छन् । उनले भारत र अडानी ग्रुपसँगको सम्झौताजस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको पनि दाबी गरेका छन् […]

Jun 16, 2025 - 03:47
 0
‘बंगलादेशसँगको विद्युत व्यापारमा कुनै जोखिम छैन’- उर्जामन्त्री 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशसँगको विद्युत व्यापारमा नेपाल कुनै आर्थिक जोखिममा नरहेको बताएका छन् ।

उनले बङ्गलादेशले अघिल्लो वर्षको विद्युत् भुक्तानी समयमै गर्न नसकेको स्वीकार गर्दै त्यो बैङ्क ग्यारेन्टीको दायराभित्र पर्ने जिकिर गरेका छन् । उनले भारत र अडानी ग्रुपसँगको सम्झौताजस्तो संवेदनशील अवस्था नेपाल र बङ्गलादेशबिच नरहेको पनि दाबी गरेका छन् ।

त्यस्तै, मन्त्री खड्काले २८, ५०० मेगावाटको लक्ष्य प्राप्तिको लागि प्रक्रियागत सुधारका कामहरू भइरहेको समेत बताएका छन् । उनले लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने दाबी समेत गरे ।

नेपालले आइतबारदेखि बङ्गलादेशमा व्यावसायिक रूपमा पहिलो पटक विद्युत निर्यात सुरु गरेको छ । आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी भारतमा दश हजार मेगावाट र बङ्गलादेशमा ५ हजार मेगावाट गरी १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने नेपालले लक्ष्य लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register