प्रदेशको बजेट : बागमतीको सबभन्दा धेरै, गण्डकीको कम

काठमाडौं । संघ सरकारले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान संविधानमा छ भने, ’अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४’ अनुसार प्रदेशहरूले असार एक गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार आउँदो आर्थिक वर्ष २०८२/८३ को लागि सबै प्रदेशहरूले बजेट सार्वजनिक गरेका छन् । सात प्रदेशको बजेटमध्ये आकारको हिसाबमा सबैभन्दा धेरै बागमतीको […]

Jun 16, 2025 - 05:17
 0
प्रदेशको बजेट : बागमतीको सबभन्दा धेरै, गण्डकीको कम

काठमाडौं । संघ सरकारले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान संविधानमा छ भने, ’अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४’ अनुसार प्रदेशहरूले असार एक गतेभित्र बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

यही व्यवस्था अनुसार आउँदो आर्थिक वर्ष २०८२/८३ को लागि सबै प्रदेशहरूले बजेट सार्वजनिक गरेका छन् ।

सात प्रदेशको बजेटमध्ये आकारको हिसाबमा सबैभन्दा धेरै बागमतीको ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार छ, भने सबैभन्दा कम गण्डकीले ल्याएको छ ।

कुन प्रदेशमा कति बजेट

कोशी प्रदेश : ३५ अर्ब ८७ करोड ९९ लाख
मधेश प्रदेश : ४६ अर्ब ५८ करोड ३३ लाख
बागमती प्रदेश : ७ अर्ब ४७ करोड ७३ लाख २७ हजार
गण्डकी प्रदेश : ३१ अर्ब ९७ करोड ९९ लाख
लुम्बिनी प्रदेश : ३८ अर्ब ९१ करोड
कर्णाली प्रदेश : ३२ अर्ब ९९ करोड ६६ लाख ५५
सुदूरपश्चिम प्रदेश : ३३ अर्ब ४७ करोड ६० लाख

कोशी प्रदेश

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेका छन् ।

जसमा चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ छ । त्यस्तै, पुँजीगत १७ अर्ब १० करोड ६५ लाख बजेट रहेको छ भने वित्तीय व्यवस्थापन १० करोड रहेको छ ।

कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार विनियोजन गरिएको छ ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको लागि कोशीले करिब ५० करोड बढाएर बजेट ल्याएको हो ।

मधेश प्रदेश

मधेश प्रदेशले चालु आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाखको बजेट ल्याएको थियो । आइतबार आउँदो आर्थिक वर्ष २०८२/८३ को लागि भने मधेश प्रदेशले बजेटको आकारमा करिब ३ अर्ब बढाउँदै ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको आकडा आइतबार प्रदेशसभामा पेस गरेका छन् ।

आयतर्फ आन्तरिक आन्तरिक राजस्व ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदान ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदान ३९ करोड ४५ लाख तथा पूरक अनुदान ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । त्यस्तै संघिय राजस्व बाडफाड १२ अर्ब ३५ करोड ८४ लाख र नगद मौज्दात १० अर्ब ३८ करोड २ लाख रहेको छ । घाटा भएको २ अर्ब आन्तरिक ऋणबाट व्यवस्थापन गरिने छ ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष  २०८२/०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताए ।

कुल बजेटको ३८.६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट जुटाइने मन्त्री काफ्लेले बताए ।

गण्डकी प्रदेश

आउँदो आर्थिक २०८२/८३ का लागि चालु आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम आकारको बजेट गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले पेस गरेका छन् । गुरुङले आउँदो आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेस सार्वजनिक गरेका छन् ।

जबकि चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाखको बजेट गुरुङले गएको वर्ष पेस गरेका थिए ।

आगामी आवका लागि प्रदेशसभामा पेस गरेको बजेटमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार छुट्टाइएको छ ।  पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्टाइएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३९ अर्बको बजेट सार्वजनिक गरेको छ । आइतबार लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले आगामी आवको लागि ३८ अर्ब ९१ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

जसमा चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार , पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र वित्तीय व्यवस्थापनतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार छुट्याइएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले २ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेशसभा बैठकबजेट पेस गरे । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको हो ।

कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३.६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन भएको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा आउँदो आर्थिक वर्ष २०८२/८३  का लागि ३३ अर्ब ४७ करोड ६० लाखको बजेट बजेट पेस गरेका छन् ।

मन्त्री सिंहले पेस गरेको बजेटमध्ये कुल बजेटमा चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख, पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख, अन्तर सहकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register