ग्वार्को फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने

काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर अब चार दिनपछि सञ्चालनमा आउने भएको छ। फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न भएसँगै सवारी साधन सञ्चालनको तयारी तीव्र पारिएको हो । असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपश्चात् फ्लाईओभरबाटै सवारी साधन सञ्चालनमा आउनेछ। गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]

Jun 16, 2025 - 05:14
 0
ग्वार्को फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने

काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर अब चार दिनपछि सञ्चालनमा आउने भएको छ। फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य सम्पन्न भएसँगै सवारी साधन सञ्चालनको तयारी तीव्र पारिएको हो ।

असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपश्चात् फ्लाईओभरबाटै सवारी साधन सञ्चालनमा आउनेछ।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले ग्वार्को फ्लाईओभरको स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार, मुख्य संरचनाको निर्माणपश्चात् लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेलगायतका कामहरू पूरा भएपछि अब सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register