रेडपाण्डा संरक्षण गर्न सन्दकपुरमा पदमार्ग र महोत्सव शुरु
नमीन ढकालफिक्कल, २१ चैत । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म सञ्चालन हुने महोत्सव इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी [...] The post रेडपाण्डा संरक्षण गर्न सन्दकपुरमा पदमार्ग र महोत्सव शुरु appeared first on Jhapa Online.

नमीन ढकाल
फिक्कल, २१ चैत । विश्वमा लोपोन्मुख रेडपान्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपान्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
आगामी चैत्र २३ गतेसम्म सञ्चालन हुने महोत्सव इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना समितिको सभापति खगेश्वरी पौडेल अधिकारी (बन्दना) ले उद्घाटन गरे । कार्यक्रममा बोल्दै संघीय सांसद बस्नेतले रेडपान्डाका माध्यमबाट पर्यटन प्रवर्धनमा सघाउ पुग्ने बताए । उनले रेडपान्डाको माध्यमबाट विश्व मानचित्रमा उभ्याउन सबल बन्न सबैको सहकार्य आवश्यक देखिएको छ ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले पर्यटन विकासका लागि तीनै तहको सरकारको समन्वय आवश्यक रहेको बताए । उनले सबै पालिकासंग हातेमालो गरेर अघि बढनुपर्ने बताए । महोत्सव उद्घाटन अवसरमा रेडपान्डा पदमार्गसमेत उद्घाटन गरिएको छ ।
साथै गाउँपालिकाको वार्षिक पर्यटन पात्रो विमोचन गरिएको छ । पर्यटन पात्रोमा हरेक बर्ष चैत्र २० गतेबाट रेडपान्डा महोत्सव आयोजना गर्ने तय गरिएको छ । महोत्सवको अवसरमा माइपोखरीबाट जौबारी सम्म पदयात्रा समेत सुरु गरिएको छ । चैत्र २३ गतेसम्म नेपाल र भारतका पदयात्रीहरुले रेडपान्ड पाइने क्षेत्रको अध्ययन र अवलोकन गर्नेछन् ।
११ करोड भन्दा बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चाराको अध्ययन गर्न पाइन्छ । १५ पर्यटकीय गन्तव्य जोड्ने पदमार्गको प्रवद्र्धन गरि आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उदेश्यले महोत्सवको आयोजना गत बर्षबाट सुरु भएको हो । महोत्सवमा आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु पदयात्राका क्रममा अध्ययन गर्न पाइन्छ ।
The post रेडपाण्डा संरक्षण गर्न सन्दकपुरमा पदमार्ग र महोत्सव शुरु appeared first on Jhapa Online.
What's Your Reaction?






