बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

इलाम, ८ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले [...] The post बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै appeared first on Jhapa Online.

Mar 21, 2025 - 02:22
 0
बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै

इलाम, ८ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताउनुभएको छ ।

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकास मन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभयो ।

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट गरिएको जानकारी दिनुभयो ।

The post बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register