प्रिमियम एक्स्पेङ जी६ १४ लाख ९९ हजारमै पाइने, डाउन पेमेन्टसँगै थुप्रै अफर

काठमाडौं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकका लागि विशेष अफर लिएर आएको छ । ग्राहकहरूले अब १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्ने अफर ल्याएको हो । ६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद […]

Apr 3, 2025 - 10:02
 0
प्रिमियम एक्स्पेङ जी६ १४ लाख ९९ हजारमै पाइने, डाउन पेमेन्टसँगै थुप्रै अफर

काठमाडौं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकका लागि विशेष अफर लिएर आएको छ ।

ग्राहकहरूले अब १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्ने अफर ल्याएको हो ।

६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाइएको कम्पनीले जनाएको छ ।

यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज, र निःशुल्क बीमा समेत समावेश छ, जसले XPENG G6 लाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउने कम्पनीको दाबी छ ।

पाँचतारे NCAP सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्दा विश्वभर धेरैले मन पराएको गाडी बनेको छ ।

ग्राहकहरुले सजिलै अब एक्स्पेङ को अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र दिगो यात्राको सजिलै अनुभव गर्न सकिनेछ । यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register