काठमाडौँ चक्रपथ निर्माणको काम अलपत्र, यात्रुलाई सास्ती, व्यवसायी मर्कामा ! (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ चक्रपथ, कलंकी-महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ । सडक निर्माणमा भइरहेको ढिलाइले […]

Jul 20, 2025 - 12:38
 0
काठमाडौँ चक्रपथ निर्माणको काम अलपत्र, यात्रुलाई सास्ती, व्यवसायी मर्कामा ! (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ चक्रपथ, कलंकी-महाराजगञ्ज सडकखण्ड विस्तारमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि मुख्य लेनको निर्माण अलपत्र छ । जसको प्रत्यक्ष असर सर्वसाधारण, व्यवसायी र सवारी चालकहरूमा परेको छ ।

सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा स्थानीय नागरिकहरू धुलो-हिलो, खाल्डाखुल्डी, ट्राफिक जामलगायतका समस्याबाट पीडित छन् । राजधानीको महत्वपूर्ण र व्यस्त सडकमध्येको चक्रपथको यो अवस्था आम नागरिकको दैनिक जीवनमा सीधा असर पारिरहेको छ ।

त्यस्तै, चक्रपथ विस्तारको दोस्रो सडकखण्डमा वर्षसँगै घाँस उम्रिएको छ । चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन । चक्रपथको दोस्रो खण्ड (कलंकी-चाबहिल) विस्तारमा ढिलाइ भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेका हुन् । 

यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनिएको थियो । तर, सबै काम सकिए पनि सडक विस्तारको काम हुन सकेको छैन् । चीनको विभिन्न प्राविधिक टोलीले सडकको फिल्ड अध्ययन गरेपनि प्रक्रिया अगाडि नबढ्दा समस्या देखिएको हो । त्यस्तै, सोही सडकको बाँकी काम अघि बढाउनेगरी ०८१ भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिबीच सडक विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै २०८१ मंसिर १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए । तर, हालसम्म पनि काम अगाडि बढ्न सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register