भारतीय र नेपाली सेनाको संयुक्त कञ्चनजङ्घा आरोहण अभियान सुरु

काठमाडौं । भारतीय रक्षामन्त्री राजननाथ सिंहले भारतीय र नेपाली सेनाको संयुक्त कञ्चनजङ्घा आरोहण अभियानको शुभारम्भ गरेका छन् । नयाँ दिल्लीको साउथ ब्लकबाट माउन्ट एभरेस्ट र माउन्ट कञ्चनजङ्घाका लागि आरोहण अभियानको शुभारम्भ गरिएको हो । नेपाली सेनाका महानिर्देशक (डीजीएमटी) मेजर जनरल ध्रुव प्रकाश शाह पनि शुभारम्भ समारोहमा सहभागी भएका थिए । रक्षा मन्त्री सिंहले  टोलीलाई शुभकामना […]

Apr 3, 2025 - 14:32
 0
भारतीय र नेपाली सेनाको संयुक्त कञ्चनजङ्घा आरोहण अभियान सुरु

काठमाडौं । भारतीय रक्षामन्त्री राजननाथ सिंहले भारतीय र नेपाली सेनाको संयुक्त कञ्चनजङ्घा आरोहण अभियानको शुभारम्भ गरेका छन् ।

नयाँ दिल्लीको साउथ ब्लकबाट माउन्ट एभरेस्ट र माउन्ट कञ्चनजङ्घाका लागि आरोहण अभियानको शुभारम्भ गरिएको हो ।

नेपाली सेनाका महानिर्देशक (डीजीएमटी) मेजर जनरल ध्रुव प्रकाश शाह पनि शुभारम्भ समारोहमा सहभागी भएका थिए ।

रक्षा मन्त्री सिंहले  टोलीलाई शुभकामना दिँदै  अभियानले  राष्ट्रिय गौरव बढाउनुका साथै दुवै सेना र राष्ट्रहरूबीचको गहिरो सैन्य सम्बन्धलाई सुदृढ पार्ने महत्त्वमा जोड दिएको भारतीय दूतावासले एक्समार्फत जानकारी दिएको छ ।

भारतीय सेनाका २५ जना आरोहीहरू माउन्ट एभरेस्टको शिखरमा पुग्ने लक्ष्यमा छन् भने भारतीय सेना र नेपाली सेनाको संयुक्त टोली माउन्ट कञ्चनजङ्घा आरोहणका लागि तयार छ। साथै, १० जना एनसीसी क्याडेटहरू पनि माउन्ट एभरेस्ट आरोहण गर्ने लक्ष्यमा रहेको बताइएको छ ।

रक्षा मन्त्री सिंहले अभियान सफलताको शुभकामना समेत दिएका छन् ।

कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो शिखर हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register