ट्रम्पले पूरा गरिदिन सक्छन् युरोपमा शक्ति विस्तार गर्ने पुटिनको सपना

सन् २००७ मा म्युनिखमा भएको वार्षिक सुरक्षा सम्मेलनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सहभागीहरूलाई स्तब्ध बनाउने मन्तव्य दिएका थिए । युरोपमा अमेरिकी प्रभुत्व विस्थापित गर्दै मस्को सुहाउँदो नयाँ सन्तुलनको आवश्यकता पुटिनले औँल्याउँदा सहभागीहरू आश्चर्यमा परेका थिए । लोकतन्त्रको हवाला दिनेहरूलेनै लोकतन्त्रनै बिर्सिएको र शक्ति विस्तार गर्दा मस्कोसँगको प्रतिवद्धता भुलेको पुटिनको भनाइ थियो । ‘लोकतन्त्र अल्पसंख्यको हितमा […]

Feb 17, 2025 - 06:24
 0
ट्रम्पले पूरा गरिदिन सक्छन् युरोपमा शक्ति विस्तार गर्ने पुटिनको सपना

सन् २००७ मा म्युनिखमा भएको वार्षिक सुरक्षा सम्मेलनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सहभागीहरूलाई स्तब्ध बनाउने मन्तव्य दिएका थिए । युरोपमा अमेरिकी प्रभुत्व विस्थापित गर्दै मस्को सुहाउँदो नयाँ सन्तुलनको आवश्यकता पुटिनले औँल्याउँदा सहभागीहरू आश्चर्यमा परेका थिए ।

लोकतन्त्रको हवाला दिनेहरूलेनै लोकतन्त्रनै बिर्सिएको र शक्ति विस्तार गर्दा मस्कोसँगको प्रतिवद्धता भुलेको पुटिनको भनाइ थियो । ‘लोकतन्त्र अल्पसंख्यको हितमा बहुमतले प्रयोग गर्ने शक्ति हो भनेर रूससहित विश्वलाई सिकाउन खोजियो । जसले यो सिद्धान्त सिकायो उसैले यो सिद्धान्त बिसायो,’ पुटिनको भनाइ थियो ।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोको विस्तारले  युरोपेली सुरक्षाको प्रत्याभूतीको नगरेको बरू उत्तेजना फैलाउँदै आपसी विश्वासमा संकट सिर्जना गरेको पुटिनको अभिव्यक्ति थियो । नेटो विस्तारको नियतमाथि प्रश्न गर्ने अधिकार रूससँग रहेको भन्दै उनले सोधेका थिए – ‘वार सअ’ सम्झौताको विलयपछि पश्चिमाहरूले हामीसँग गरेको घोषणा आज कहाँ पुग्यो ? यो घोषणा आज किन कसैले सम्झिन चाहेको छैन ?’

पश्चिमाले प्रतिवद्धता बिर्सिएको भन्दै उनीहरूलाई स्मरण गराउँदै पुटिनले भनेका थिए – ‘पश्चिमाहरूको प्रतिवद्धता स्मरण गराउने अनुमति चाहान्छु । सन् १९७० मे १७ मा नेटोका महासचिव वर्नरले सोभियत संघको सुरक्षा प्रत्याभूत हुनेगरी नेटोलाई जर्मनी बाहिर तैनाथ गर्दैनौँ भनेका थिएनन् ? यो प्रतिवद्धता आज कहाँ पुग्यो?’

युरोपमा अमेरिकी प्रभुत्वलाई कमजोर बनाउने र आफ्नो सुरक्षा स्वार्थलाई बलियो बनाउने पुटिनको आशय त्यसबेला पूरा हुन सकेन । दुई दशकपछि त्यही सम्मेलनमा ट्रम्प क्याबिनेटका उच्च अधिकारीले एउटा कुरा प्रस्ट पारेका छन् – ‘पुटिनले आफ्नो सपना साकार पार्न मद्दत गर्ने अमेरिकी प्रशासन पाएका छन् ।’

म्युनिख सम्मेलनमा उपराष्ट्रपति भ्यान्सले युरोपेलीहरूका निम्ति अझ त्रासदीपूर्ण अभिव्यक्ति दिए । अमेरिकाको शत्रु  रूस वा चीन नभएर युरोप रहेको उनको अभिव्यक्ति थियो । युरोपले अलोकतान्त्रिक ढंगबाट अति दक्षिणपन्थी दलमाथि दमन गरेको उनको भनाइ थियो ।

रक्षामन्त्री पिट हेग्सथ र उपराष्ट्रपति जेडी भ्यान्सको अभिव्यक्तिले सम्मेलनमा सहभागीहरू माझ त्रास बढाएको छ । पुटिनसँग मिलेर अमेरिकाले युरोपलाई पूर्ण वेवास्ता गर्ने वा हमला गर्नसक्ने त्रास उनीहरूमा उब्जिएको हो ।

विश्लेषकहरूका अनुसार यो परिस्थितिले पुटिनलाई युक्रेनमा भन्दा महत्वपूर्ण जीत दिलाउनेछ । अन्तर्राष्ट्रिय शान्ति मामिला जानकार तथा विश्लेषक एन्ड्रु एस वीस सन् १९४० को दशकदेखि नै क्रेमलिनले युरोपेली सुरक्षामा अमेरिकालाई पाखा लगाउन खोजेको बताउँछन् । न्युयोर्कटाइम्ससँगको संवादमा उनले भनेका छन् – ‘सन् १९४०को दशकको उत्तरार्धदेखि नै क्रेमलिनले युरोपेली सुरक्षाको आधारशीला बनेको अमेरिकालाई उक्त भूमिकाबाट अलग गर्ने सपना देखेको थियो । अमेरिकी प्रशासनले अवसर दिएमा आफ्नो सपनालाई पुटिनले साकार बनाइ छाड्नेछन् ।’

विगत ८ दशकदेखि अमेरिकी सैनिकको उपस्थिति नै पश्चिम युरोपको सुरक्षा आधार बनेको छ । सम्मेलनमा भाग लिनुपूर्व नै अमेरिकी रक्षामन्त्रीले युरोप तरंगित हुने अभिव्यक्ति दिए । युरोपेली नेताहरूलाई चुनौती दिँदै हेग्सथले भनिदिए – ‘युरोपेली नेताहरूले यो नमानुन् की अमेरिका सदैव युरोपमा हुनेछ ।’

म्युनिख सम्मेलनमा उपराष्ट्रपति भ्यान्सले युरोपेलीहरूका निम्ति अझ त्रासदीपूर्ण अभिव्यक्ति दिए । अमेरिकाको शत्रु  रूस वा चीन नभएर युरोप रहेको उनको अभिव्यक्ति थियो । युरोपले अलोकतान्त्रिक ढंगबाट अति दक्षिणपन्थी दलमाथि दमन गरेको उनको भनाइ थियो । आम मतदाताको मनोभावनामाथि खेलवाड गर्दै अति दक्षिणपन्थी दलहरूमाथि युरोप महादेश अनुदार बनेको उनको मत थियो । ‘यदि तिमीहरू आफ्नै मतदातादेखि डराउँछौ भने तिमीहरूका लागि अमेरिकाले केही पनि गर्न सक्दैन । न त यो विषयमा ट्रम्पलाई वा मलाई निर्वाचित गराउने अमेरिकी जनताले नै केही  गर्नसक्नेछन्,’ उनले भने ।

मस्कोले अमेरिका र युरोपबीच दरार पैदा गर्न खोजिरहेको छ । युरो एटलान्टिक गठबन्धनलाई कमजोर नबनाउँदासम्म क्रेमलिनले युरोपमा अधिक शक्तिको उपयोग गर्न सक्दैन भन्ने कुरा उसले राम्रोसँग बुझेको छ ।

भ्यान्स रोमानियाप्रति निकै आक्रामक सुनिए । गत डिसेम्बरमा रोमानियाको संवैधानिक अदालतले त्यहाँको राष्ट्रपतिय निर्वाचन स्थगित गरेको थियो । राष्ट्रपतिय निर्वाचनमा रूस समर्थित अति राष्ट्रवादी पक्ष निर्वाचित हुने संभावना थियो । अदालतले डिसेम्बरको चुनाव स्थगित गर्दै मेमा चुनावी मिति तोकेको छ । रोमानिया लक्षित गर्दै भ्यान्सले भने, ‘यदि विदेशी केही डलरले लोकतन्त्र धरासयी हुन्छ भने त्यो लोकतन्त्र पहिलेदेखिनै बलियो थिएन,’ उनले भने ।

क्रेमलिनले  युरोपलाई कमजोर बनाउन वर्षौँदेखि उग्र दक्षिणपन्थी धारको मलजलमा आफूलाई केन्द्रित गरेको छ । सम्मेलनमा आफ्नो मत राखेकै  दिन भ्यान्सले जर्मनीका उग्र दक्षिणपन्थी अभियानका नेताहरूसँग भेट गरे । यो महिना हुने चुनावमा उक्त दल सहभागी हुँदैछ । उसको जीतका निम्ति रूसले समेत सहयोग गरिरहेको छ । मस्कोले अमेरिका र युरोपबीच दरार पैदा गर्न खोजिरहेको छ । युरो एटलान्टिक गठबन्धनलाई कमजोर नबनाउँदासम्म क्रेमलिनले युरोपमा अधिक शक्तिको उपयोग गर्न सक्दैन भन्ने कुरा उसले राम्रोसँग बुझेको छ ।

पुटिनले युक्रेनमाथि हमला गरेर समग्र पश्चिमाविरुद्ध विद्रोह गरेको सन्देश प्रवाह गरेका थिए । ट्रम्पसहित युरोपका उग्र दक्षिणपन्थी धारले मुलुकको सत्तामा पुग्नका निम्ति विद्यमान मूल्य मान्यतालाई अभिसाप भन्दै नयाँ नारा अघि सारिरहेका छन् । कालान्तरमा युरोप र अमेरिका आफू समक्ष झुक्ने पुटिनको विश्वास छ ।

रोमको अन्तर्राष्ट्रिय मामिला संस्थाका निर्देशक न्याथली टोकीले भ्यान्सको अभिव्यक्ति युरोपेली युनियनलाई चुनौती दिने किसिमको भएको बताइन् । युरोपलाई तहसनहस बनाउन उद्दत उग्र दक्षिणपन्थी र क्रेमलिनलाई सहयोग पुग्ने अभिव्यक्ति भ्यान्सले दिएको उनको बुझाइ छ । युरोपलाई कमजोर बनाउने षड्यन्त्रका रूपमा यसलाई बुझ्नुपर्ने उनको मत छ । ‘युरोपलाई तहसनहस बनाउने अभिव्यक्ति हो, यो । हामी युरोपलाई ध्वस्त बनाउँछौँ भनेका हुन् । यसमा युक्रेन होइन युक्रेन समेत रहेको समग्र युरोपलाई कमजोर बनाउने मनसाय प्रकट भएको छ,’ उनले भनिन् ।

भ्यान्सले युरोपेली लोकतन्त्रमाथि धावा बोल्दै रूसझैँ यो महाशदेमा विभाजनको बीऊ रोप्न खोजेको टोकीले बताइन् । युरोपमा सत्ताको नाटकीय पुर्नगठन पुटिनका लागि सपना थियो । त्यो सपना उनले सन् २००७ मा सार्वजनिक गरेका थिए । पुटिनको उक्त सपनामाथि तत्कालीन अमेरिकी रक्षामन्त्री रोबर्ट एम गेट्सले कडा चुनौती दिए । अमेरिकी चुनौतीका बीच रूसी नेताहरूले युरोपमा अमेरिकालाई कमजोर बनाउँदै शक्ति विस्तारको  दृष्टीकोणलाई कायम मात्रै होइन केन्द्रविन्दुमै राखे ।  रूसको यही नीतिका कारण अहिले युद्ध पनि भइरहेको छ । अमेरिकाले युक्रेनको सार्वभौमिकताको मात्रै नभएर समग्र युरोपको सुरक्षाबारे चासो लिनुपर्ने बहस भइरहेको अवस्थामा अमेरिका सधैँ युरोपको साथमा नरहने अभिव्यक्ति आउँदा यसले युरोपमा सुरक्षा जोखिम बढाएको छ ।

दोस्रो कार्यकालको पहलो महिना नबित्दै रूसले निन्दा गर्दै आएको अमेरिकी विकास सहायता नियोग युएसएड ट्रम्पले बन्दको पहल गरिरहेका छन् । क्याबिनेटमा उनले क्रेमलिनसँग निकटहरूलाई स्थान दिइरहेका छन् । उनले वासिंटनको निकटतम सहयोगी युरोपलाई व्यापार युद्धको धम्की दिएका छन् । मस्कोलाई फाइदा पुर्‍याउने अफवाह फैलाउन सहयोगी एलन मक्सलाई उनले शक्तिशाली बनाएका छन् ।

पुटिनले युक्रेनमाथि हमला गरेर समग्र पश्चिमाविरुद्ध विद्रोह गरेको सन्देश प्रवाह गरेका थिए । ट्रम्पसहित युरोपका उग्र दक्षिणपन्थी धारले मुलुकको सत्तामा पुग्नका निम्ति विद्यमान मूल्य मान्यतालाई अभिसाप भन्दै नयाँ नारा अघि सारिरहेका छन् । कालान्तरमा युरोप र अमेरिका आफू समक्ष झुक्ने पुटिनको विश्वास छ । विश्लेषक अलेक्सजेण्डर बनोभले लेखेका छन् – ‘वर्तमान प्रशासन मस्कोसँग आफ्नो हित सुरक्षित गर्न र युरोपलाई चिढ्याउन नजिक भइरहेको छ ।’

युरोपका दुई शक्तिशाली राष्ट्र जर्मनी र फ्रान्समा नेतृत्व संकट चुलिएसँगै युरोपसामु चुनौती देखापरेको हो । सन् २०१५ मा जर्मनी र फ्रान्सले युक्रेनमा पुटिनले हमला गर्नसक्ने र त्यसलाई रोक्नुपर्ने भन्दै सहमतिका लागि प्रयास गरेका थिए । अहिले उनीहरू त्यो अवस्थामा छैनन् । युरोपेली युनियन छोडेको बेलायतले सार्वजनिक रूपमै ट्रम्पको नीतिलाई समर्थन गर्ने बताइसकेपछि युरोप महादेशमा उसको  प्रभाव र हैसियतको आँकलन सहजै गर्न सकिन्छ ।

ट्रम्प र पुटिनको जुगलबन्दी कति परसम्म पुग्छ अझै अस्पस्ट छ । वासिंटन र मस्कोबीचको नयाँ सम्बन्ध साउदी अरबमा यसै साता हुने वार्ताबाट वाष्पीकरणमा परिणत हुन पनि सक्छ । तर अन्तर्राष्ट्रिय नेताहरूले ट्रम्पलाई आफू अनुकुल आकर्षित गर्ने प्रयास गरिरहेका छन्  । मस्कोले पनि यसमा कुनै कसुर बाँकी छोडेको छैन । पुटिनको ह्वाइटहाउसमा पुनरागमनसँगै क्रेमलिनले विजय श्रृंखला बढाउँदै लगेको छ ।

दोस्रो कार्यकालको पहलो महिना नबित्दै रूसले निन्दा गर्दै आएको अमेरिकी विकास सहायता नियोग युएसएड ट्रम्पले बन्दको पहल गरिरहेका छन् । क्याबिनेटमा उनले क्रेमलिनसँग निकटहरूलाई स्थान दिइरहेका छन् । उनले वासिंटनको निकटतम सहयोगी युरोपलाई व्यापार युद्धको धम्की दिएका छन् । मस्कोलाई फाइदा पुर्‍याउने अफवाह फैलाउन सहयोगी एलन मक्सलाई उनले शक्तिशाली बनाएका छन् । ट्रम्पले अब युरोपेली नेताहरूको उपस्थितिविनै दोस्रो विश्ययुद्धपछि युरोप महादेशमा देखापरेको ठूलो संकट समाधानको पहल गर्नेछन् ।

यसले युरोपको सुरक्षा सन्तुलनमा ठूलो प्रभाव पार्ने देखिन्छ । उग्र दक्षिणपन्थीहरूको अभियानलाई युरोपेली संघ र समग्र महादेशको स्वतन्त्रतामा चुनौती देख्ने नेताहरू यसलाई समर्थन गर्ने ट्रम्प र पुटिनको जुगलबन्दीले चिन्तित छन् । ‘यो क्षण हामी सबैभन्दा खतरनाक अवस्थामा छौँ । यदि यो जुगलबन्दीलाई सफल हुन नदिने वा यसलाई बिफल बनाउने सोच छ भने त्यसलाई कार्यान्वयन गर्ने बेला आइसक्यो,’ युरोपेली संघलाई लक्षित गर्दै टोकी भन्छिन्  ।

 

न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीलाई शिशिर ढकालले भावानुवाद गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register