बढ्दो वायु प्रदूषण: जोर–बिजोर सवारी सञ्चालन, सातामा दुई दिन बिदाको तयारी

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताएका छन् । बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवाला लगायत विज्ञहरुसँग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका हुन् । उनले सरकारले अरु निकायहरुसँग छलफल गरेर आवश्यक कदम चाल्ने जिकिर गरे । बैठकमा […]

Apr 3, 2025 - 15:49
 0
बढ्दो वायु प्रदूषण: जोर–बिजोर सवारी सञ्चालन, सातामा दुई दिन बिदाको तयारी

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सरकारले आवश्यक कार्य गर्ने बताएका छन् ।

बिहीबार सहरी विकास मन्त्रालयमा सरोकारवाला लगायत विज्ञहरुसँग छलफल गर्दै सिंहले वायु प्रदूषण बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्न सरकारले आवश्यक कदम चाल्ने बताएका हुन् ।

उनले सरकारले अरु निकायहरुसँग छलफल गरेर आवश्यक कदम चाल्ने जिकिर गरे । बैठकमा वन मन्त्रालयमा प्रतिनिधिहरुले अहिले वायु प्रदूषण निकै बढ्दै गएकाले जोर–बिजोर सवारी सञ्चालन गर्ने गरि सातामा दुई दिन विदा दिनुपर्ने अवस्था आउन सक्ने जनाएका थिए । कार्यवाहक प्रधानमन्त्री सिंहले सबैको परामर्शमा छिटै आवश्यक निर्णयमा पुगिने उल्लेख गरे ।

छलफलमा सरोकारवालाहरुले तत्काल वायु प्रदूषण कम गर्न सवारी साधनको चापलाई घटाउनुपर्ने सुझाव दिएका थिए । छलफलमा निर्माण व्यवसायी, यातायात व्यवसायी लगायत सरोकारवाला मन्त्रालयको उपस्थीति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register