झापा र सुनसरीबाट ब्राउनसुगरसहित १२ जना पक्राउ
झापा, २१ चैत । झापा र सुनसरीको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत २० गते झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र [...] The post झापा र सुनसरीबाट ब्राउनसुगरसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

झापा, २१ चैत । झापा र सुनसरीको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
चैत २० गते झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उपमहानगरपालिका–१६ का ३४ वर्षीय मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र इटहरी–६ का २३ वर्षीय सनम तामाङलाई २६ ग्राम, इटहरी–२ का २७ वर्षीय निरज लिम्बू, २२ वर्षीय सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी–९ का १६ वर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनीका २६ वर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान–१७ का २८ वर्षीय बेगराज लिम्बू र ३४ वर्षीय सागर राईलाई ३ ग्राम १३ मिलिग्राम, रानधुनी–५ का २६ वर्षीय विज्ञान साहलाई ३५ ग्राम ८८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
सुनसरी हरिनगर–१ स्थितमा प्रहरी चैकी भुटाहाबाट खटिएको प्रहरी टोलीले सोही स्थनाका २० वर्षीय प्रकाश कुमार दास र २२ वर्षीय रितेशकुमार मण्डललाई प्रतिबन्धित लागु औषधि नाइट्राजेपाम–१२० ट्याब्लेटसहित पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।
The post झापा र सुनसरीबाट ब्राउनसुगरसहित १२ जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






