खुसीको आख्यान कृति खुशीको गाउ नेदरल्याण्डमा विमोचन

भद्रपुर, १ असार । झापाकी चर्चित स्रष्टा खगिन्द्रा खुसीको आख्यान कृति (उपन्यास) “खुशीको गाउ”ँ नेदरल्याण्डमा बिमोचन गरिएको छ । विश्व भूटानी साहित्यिक संगठन जिबिएलओको आयोजनामा सम्पन्न तीन दिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको दोस्रो दिन जेठ ३१ गते सो उपन्यास बिमोचन गरिएको हो । जिबिएलओका अध्यक्ष कर्ण गुरुङ्गको अध्यक्षता तथा नेदरल्याण्डका लागि नेपालकी राजदुत सेवा लम्सालको [...] The post खुसीको आख्यान कृति खुशीको गाउ नेदरल्याण्डमा विमोचन appeared first on Jhapa Online.

Jun 15, 2025 - 15:48
 0
खुसीको आख्यान कृति खुशीको गाउ नेदरल्याण्डमा विमोचन

भद्रपुर, १ असार । झापाकी चर्चित स्रष्टा खगिन्द्रा खुसीको आख्यान कृति (उपन्यास) “खुशीको गाउ”ँ नेदरल्याण्डमा बिमोचन गरिएको छ ।

विश्व भूटानी साहित्यिक संगठन जिबिएलओको आयोजनामा सम्पन्न तीन दिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको दोस्रो दिन जेठ ३१ गते सो उपन्यास बिमोचन गरिएको हो ।

जिबिएलओका अध्यक्ष कर्ण गुरुङ्गको अध्यक्षता तथा नेदरल्याण्डका लागि नेपालकी राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमका बिच विमोचन गरिएको थियो ।

झापा सदरमुकाम चन्द्रगढी निवासी रेडियोकर्मीको पहिचान बनाएकी खुसी छन्द कविता लेखन, गायन, उद्घोषण र फुटकर रचनामा चर्चित स्रष्ठा हुन् । कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि सेवा लम्साल, सभाध्यक्ष कर्ण गुरुङ्ग स्रष्टा प्रकाश आङ्देम्बे लगायतको बाहुलीबाट उपन्यास विमोचन गरिएको थियो । जिबिएलओले प्रकाशन गरेको सो उपन्यास भुटानी शरणार्थी शिविरसँग सम्बन्धित विषयमा लेखिएको उपन्यासकार खगिन्द्रा खुसीको भनाइ छ ।

The post खुसीको आख्यान कृति खुशीको गाउ नेदरल्याण्डमा विमोचन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register