कनकाईमा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाइँदै

चन्द्र बस्नेतकनकाई, ९ चैत । झापाको कनकाई नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगारमूलक तालिम दिँदै नगरपालिकाले उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान थालेको हो । नगरका नौ वटै वडामा रहेका विभिन्न महिला समूहलाई आफ्नै ठाउँमा पनि केही उत्पादनमुलक तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री उत्पादन गरी आत्मनिर्भर बनाउने [...] The post कनकाईमा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाइँदै appeared first on Jhapa Online.

Mar 22, 2025 - 03:05
 0
कनकाईमा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाइँदै

चन्द्र बस्नेत
कनकाई, ९ चैत ।
झापाको कनकाई नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन स्वरोजगारमूलक तालिम दिँदै आएको छ । नगरका सबै वडामा छुट्टाछुट्टै स्वरोजगारमूलक तालिम दिँदै नगरपालिकाले उनीहरुलाई आत्मनिर्भर बनाउने अभियान थालेको हो ।

नगरका नौ वटै वडामा रहेका विभिन्न महिला समूहलाई आफ्नै ठाउँमा पनि केही उत्पादनमुलक तथा दैनिक जीवनमा प्रयोग हुने सामग्री उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन थालेको हो । चालू आर्थिक वर्षमा कनकाईका नौ वटै वडामा रहेका सबै महिला समूहको माग र आवश्यकता आधारमा साबुन, सरफ बनाउने, झोल साबुन, हर्पिक, फिनेल, सिलाई कटाइ, माला, झोला, ब्युटिसियन, पञ्चेबाजा, ड्राईभिङ्ग तालिम, उद्घोषण, माइन्युट लेखन, मन्टेश्वरी लगायतका तालिम दिइरहेको छ ।

यसैबीच, शुक्रबार कनकाई वडान १ र ७ मा कार्यक्षेत्र रहेको बिहानी महिला समूहको आयोजनामा दुई दिवसीय साबुन–सरफ बनाउने तालिम शुरु भएको छ। कनकाई नगरपालिका वडा नं. १ स्थित कनकाई बिहानी क्लबको सभाहलमा ‘सामाजिक एकता हाम्रो प्रतिबद्धतासहित सीप सिकौं अर्थोपार्जन गरौं’भ न्ने मुल नाराका साथ बिहानी महिला समुहको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम शुरु भएको हो ।

महिला समूहकी अध्यक्ष ईन्दिरा भुजेल (मञ्जु) को अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख आशाशर्मा शिवाकोटी गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले तालिम लिएर आत्मनिर्भर र स्वरोजगार बन्न सुझाव दिनुभएको थियो । उहाँले सिकेको सिपलाई सदुपयोग गरीआफूसहित परिवारलाई समेत रोजगारको अवसरको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख शिवाकोटीले यस्ता तालिम लिएर आफैंले रोजगारमुलक काम गरे परिवार तथा समाजले नै महिलालाई हेर्ने दृष्टिकोण नै फरक हुने भन्दै सबै मिलेर सीप सिक्दै अर्थोपार्जनको बाटो रोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरूलाई स्वरोजगारसहित उत्कृष्ट बनाउन स्थानीय सरकार लागिपरेको समेत बताउनुभयो ।

कार्यक्रममा वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेलले यस्ता तालिम अति आवश्यक रहेको तर वडा तथा नगरमा धेरै महिला समूह रहेको र जुन पहिला एउटा महिला समूहले प्रस्तावना लिएर कार्यक्रम माग्नु हुन्छ सहकार्य र समन्वय बिना धेरै कार्यक्रम दोहोरिने गरेकाले सकेसम्म समन्वय र सहकार्य गरेर अलग–अलग कार्यक्रम लिएर आउन सुझाव दिनुभयो ।

आत्मनिर्भर हुने यस प्रकारका तालिम आगामी दिनमा वडाको तर्फबाट पनि बजेटको अझ धेरै व्यस्थापन गर्दै प्राथमिकतामा राख्ने उहाले बताउनुभयो । वडा नं. १ मा प्राप्त बजेटलाई योजनाबद्ध रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिम निरन्तर भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सदस्य निर्मला खड्का, कनकाई बिहानी क्लबका संस्थापक अध्यक्ष मनोज बस्नेत, अध्यक्ष लोकनाथ उप्रेती, सल्लाहकार संयोजक अनिरुद्र ओली, वडा नं. १ स्थित टोल नं. ३ का टोल संयोजक चुडामणि ढकाल लगायतले सिकेको सिपलाई सदुपयोग गर्दै स्वरोजगार बन्न सुझाव दिनुभएको थियो ।

कनकाई बिहानी क्लबको सभाहलमा नगरका वडा न १,२,६,र ७ का महिला दिदिबहिनीहरुलाई सहभागी गराई दुई दिवसीय साबुन तथा सरफ बनाउने तालीम सुरु गरेको हो। तालिमामा वडा न व२,६,७ बाट ४(४ जनाको सहभागिता रहेकोे छ भने वडा न १बाट नौ वडा टोलका २(२ जनाका दरले १८ जना आयोजक बिहानी महिला समुहका ११ जना र अन्य १५ जना गरि ५५ जनाको सहभागिता रहेको आयोजक महिला समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिनुभयो ।

दुई दिवसीय तालिमको मुख्य प्रशिक्षकमा रुद्र भट्टराई र सीता बानियाँ, सहायक प्रशिक्षकमा पुजन बाँस्तोला र सुस्मा भट्टराई रहनुभएको छ। उहाँहरुले अहिले बनाइरहेको साबुन तथा सरफ प्रयोग गर्न राम्रो रहेको मुख्य प्रशिक्षक भट्टराईले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, वडाका टोल संयोजक, महिला समूहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । बिहानी महिला समूहकी उपाध्यक्ष गायत्रा बिमली (उप्रेती) ले औचित्यसहित स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन समूहकी सचिव सुरेखा शर्मा कार्कीले गर्नुभएको थियो ।

यसअघि वडा नं. १ को सहजीकरण महिला समूहको आयोजनामा वडा न स१ को आर्थिक सहयोगमा पोते, चरा, माला लगायत बनाउने तालिम दिइएको थियो भने वडाका एकल महिलाको नेतृत्वमा फिनेल, झोल साबुन र धुप बनाउने सीप सिकाएको थियो । वडा नं. १ मा एक महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालिम समेत सिकाएको थियो भने शान्ति महिला समूहको आयोजनामा तीन दिने झोल साबन, फिनेल, हार्पिक बनाउने तालिम दिइएके थियो ।

यसैगरी, अन्य वडामा समेत महिला लक्षित तालिम दिँदै स्वरोजगार एवम् आत्मनिर्भर बनाउने काम भइरहेको छ ।

The post कनकाईमा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाइँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register