निवासबाटै पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेकाे उल्लेख गरेको केही समयमै प्रहरीले पक्राउ गरेको हाे । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै उनलाई शुक्रबार साँझ  बूढानीलकण्ठ निवासबाट पक्राउ गरिएको […]

Apr 4, 2025 - 17:02
 0
निवासबाटै पक्राउ परे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेकाे उल्लेख गरेको केही समयमै प्रहरीले पक्राउ गरेको हाे ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने आदेश दिएसँगै उनलाई शुक्रबार साँझ  बूढानीलकण्ठ निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो ।

आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register