जिप पल्टिँदा २ जनाको मृत्यु, थप २ घाइते

झापा, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–३ मा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा जिप चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन्। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको [...] The post जिप पल्टिँदा २ जनाको मृत्यु, थप २ घाइते appeared first on Jhapa Online.

Apr 6, 2025 - 03:16
 0
जिप पल्टिँदा २ जनाको मृत्यु, थप २ घाइते

झापा, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मालारानी गाउँपालिका–३ मा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। मृत्यु हुनेमा जिप चालक दिलिप खनाल र यात्रु बालकृष्ण रिजाल छन्। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटनामा परेको हो। अहिले इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली मृतक घाइतेको उद्दारमा खटिएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

The post जिप पल्टिँदा २ जनाको मृत्यु, थप २ घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register