अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो
बर्दिया, २९ फागुन । जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ । तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली [...] The post अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो appeared first on Jhapa Online.

बर्दिया, २९ फागुन । जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।
तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान गएको थियो । घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
The post अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो appeared first on Jhapa Online.
What's Your Reaction?






