टोयोटाको ईभी जीएसी एवोन भीमा आधारित

काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स (bZ3X) एसयूभी केही समय अगाडि चीनमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो । यद्यपि, टोयोटाको ब्रान्ड रहेको भएपनि bZ3X विशेषगरी GAC Aion V मा आधारित छ । यसमा उही साइज, मोटर, […]

Apr 6, 2025 - 06:51
 0
टोयोटाको ईभी जीएसी एवोन भीमा आधारित

काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स (bZ3X) एसयूभी केही समय अगाडि चीनमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो ।

यद्यपि, टोयोटाको ब्रान्ड रहेको भएपनि bZ3X विशेषगरी GAC Aion V मा आधारित छ । यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर यसको ब्याट्री प्रविधि भने फरक रहेको छ ।

फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको: लम्बाइ: ४,६०० मिमि, चौडाइ: १,८५० मिमि, उचाइ: १,६०० मिमि, ह्वीलबेस: २,७६५ मिमि रहेको छ । टोयोटाले दाबी अनुसार, bZ3X मा प्रयोग भएका ६५ प्रतिशत पार्ट्स GAC सप्लायर्सबाट आपूर्ति गरिएको हो । चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र GAC को संयुक्त परियोजनामा बनेको हो । यस गाडीको बिक्रि सुरु भएलगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्याससमेत भएको कम्पनीको दाबी छ ।

नेपालको सन्दर्भमा GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स रहेको छ । यस अन्तर्गत Aion Y र Aion V जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन् । नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले CG मोटर्सले Aion V दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

Aion V को विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४ मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५ मिमि, ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ । अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ । लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधासमेत दिइएको छ ।

प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ । सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन् । Aion V को सुरुवाती मूल्य रु ६४ लाख ९९ हजार रुपैयाँदेखि राखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register