विद्युत व्यापार सम्बन्धी विधेयक सदनमा पेस गर्न स्वीकृति (मन्त्रिपरिषद्का निर्णयसहित)

Jun 7, 2023 - 08:53
 0
विद्युत व्यापार सम्बन्धी विधेयक सदनमा पेस गर्न स्वीकृति (मन्त्रिपरिषद्का निर्णयसहित)
विद्युत व्यापार सम्बन्धी विधेयक सदनमा पेस गर्न स्वीकृति (मन्त्रिपरिषद्का निर्णयसहित)

काठमाडाैं । सरकारले विद्युत व्यापार सम्बन्धी विधेयक सदनमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे हाे ।

बैठकले आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएकाे उहाँले बताउनुभयाे । 

बैठकले काभ्रेपलाञ्चाेककाे पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय गरेकाे छ ।

माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोटमा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय भएकाे मन्त्री शर्माले बताउनुभयाे ।

बैठकले जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहको भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयाे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1