प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

झापा, २४ चैत । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई [...] The post प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

Apr 6, 2025 - 07:34
 0
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

झापा, २४ चैत । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई र धरान-१७ का २६ बर्षीय निश्चल राईलाई धरान-९ बाट SPASMO PROXYVON -८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेट र ESKUF ७ बोतल सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार र १९ बर्षीय सविन परियारलाई TRAMOL-50 लेखिएको ४ सय ६० क्याप्सुल, नियन्त्रित औषधी स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ बर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ बर्षीय रहिस मन्सुरी र सुनसरीको ईटहरी उप-महानगरपालिका-५ का ३२ बर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेका हुन् ।

यसका साथै सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी COLIBAN ८ सय ५, क्याप्सुल र TRAMADOL ८ सय ५ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

यस्तै इलाका प्रहरी कार्यालय उर्लावारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लावारी नगरपालिका-५ स्थितबाट १९ बर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ बर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

The post प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register