विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल शिक्षक महासङ्घले आम शैक्षिक हड्ताल घोषणा गरेपछि कोइरालाले समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् । “नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम […]

Apr 6, 2025 - 07:48
 0
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई शेखर कोइरालाको आग्रह

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेपाल शिक्षक महासङ्घले आम शैक्षिक हड्ताल घोषणा गरेपछि कोइरालाले समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् ।

“नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।” कोइरालाले भने ।

शिक्षक महासङ्घले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेको छ । देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

शिक्षकहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनले शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register