धेरै लसुन र प्याज खानेलाई शरीरमा हुन्छन् यस्ता नराम्रा असरहरु

लसुन र प्याज हाम्रो खानाको अभिन्न अङ्ग हो । यसको औषधीय गुण छन् । तरकारी र खानाको स्वाद बढाउने भएकोले पनि विश्वभर यसलाई खाइन्छ । लसुन र प्याजमा एन्टि अक्सिडेन्ट,एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, जुन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । नेपालीमा एउटा उखान छ नि ‘धेरै खायो भने अमृत पनि विष हुन्छ’ । लसुन र [...] The post धेरै लसुन र प्याज खानेलाई शरीरमा हुन्छन् यस्ता नराम्रा असरहरु appeared first on Jhapa Online.

Apr 6, 2025 - 11:25
 0
धेरै लसुन र प्याज खानेलाई शरीरमा हुन्छन् यस्ता नराम्रा असरहरु


लसुन र प्याज हाम्रो खानाको अभिन्न अङ्ग हो । यसको औषधीय गुण छन् । तरकारी र खानाको स्वाद बढाउने भएकोले पनि विश्वभर यसलाई खाइन्छ । लसुन र प्याजमा एन्टि अक्सिडेन्ट,एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, जुन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । नेपालीमा एउटा उखान छ नि ‘धेरै खायो भने अमृत पनि विष हुन्छ’ ।

लसुन र प्याजमा पनि यही कुरा लागू हुन्छ । धेरै लसुन र प्याज खाँदा शरीरमा केही नकारात्मक असर पर्न सक्छ । आजको यस लेखमा हामी धेरै लसुन प्याज खाँदाका सम्भावित साइड इफेक्टहरू अनि तिनीहरूलाई सही मात्रामा सेवन गर्नु किन महत्त्वपूर्ण छ भनेर कुराकानी गर्नेछौँ ।

पाचनसम्बन्धी समस्या

लसुन र प्याजमा सल्फर यौगिकहरू हुन्छन् । धेरै मात्रामा यी दुई वस्तु सेवन गर्दा पेट दुख्ने र एसिडीटी निम्त्याउने हुनसक्छ । यसले पेट फुल्ने र ग्यास बन्ने, पेट दुख्ने र अपच हुने समस्या निम्त्याउन सक्छ ।

सास गन्हाउनु

लसुन र प्याज खाँदा मुखमा दुर्गन्ध आउन सक्छ । धेरै खाने व्यक्तिमा यो समस्या लामो समयसम्म रहन सक्छ । अत्यधिक सेवनका कारण यो समस्या अझ बढ्न सक्छ । सामाजिक र व्यक्तिगत रूपमा पनि असहज महसुस गर्न सक्नुहुन्छ ।

छालाको समस्या

धेरै लसुन खाँदा छालामा एलर्जी वा दाग हुन सक्छ । यसले शरीरको तापक्रम पनि बढाउन सक्छ । यसले छाला चिलाउने र जलन हुने र पसिनाको दुर्गन्ध जस्ता समस्या निम्त्याउन सक्छ ।

रक्तस्रावको जोखिम

लसुनमा रगत पातलो पार्ने गुण हुन्छ । यसको अत्यधिक मात्रामा सेवन गर्दा रगत बग्ने समस्या हुन सक्छ । शल्यक्रियाको समयमा वा चोटपटक लागेमा अत्यधिक रक्तस्राव हुने जोखिम हुन्छ ।

टाउको दुख्ने र माइग्रेन

लसुनमा एलाइल मिथाइल सल्फाइड पाइन्छ । यसलाई धेरै मात्रामा सेवन गर्दा टाउको दुख्ने र माइग्रेन जस्ता समस्या हुन सक्छ । यसले मानसिक तनाव र अनिद्रा पनि निम्त्याउन सक्छ ।

लसुन र प्याज सेवनबाट हुने स्वास्थ्य लाभलाई बेवास्ता गर्न सकिँदैन । तर यसको अत्यधिक सेवनले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ । लसुन र प्याज सीमित मात्रामा खाँदा कुनै पनि साइड इफेक्ट बिना नै यसको पोषक तत्त्वको फाइदा लिन सकिन्छ । सही मात्रामा सेवन गर्दा, यसले पाचन प्रणालीमा सुधार ल्याउँछ । अत्यधिक सेवनले शरीरमा विषाक्तता निम्त्याउन सक्छ।

कुन हो सही मात्रा ?

–दैनिक १–२ पोटी लसुन र १ मध्यम आकारको प्याज पर्याप्त हुन्छ ।

–काँचोको सट्टा पकाएर खानुहोस् । यसले तिनीहरूको मसलादार प्रभाव कम गर्नेछ ।

–तपाईंलाई पहिले नै कुनै स्वास्थ्य समस्या छ भने डाक्टर वा पोषण विशेषज्ञसँग परामर्श गर्नुहोस् ।एजेन्सी

The post धेरै लसुन र प्याज खानेलाई शरीरमा हुन्छन् यस्ता नराम्रा असरहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register