सुनको भाउ आज तोलमा १ हजार ९०० रुपैयाँले घट्यो

झापा, २४ चैत । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार ९०० रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहिवार अहिलेसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ अस्ति शुक्रवार [...] The post सुनको भाउ आज तोलमा १ हजार ९०० रुपैयाँले घट्यो appeared first on Jhapa Online.

Apr 6, 2025 - 11:37
 0
सुनको भाउ आज तोलमा १ हजार ९०० रुपैयाँले घट्यो

झापा, २४ चैत । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार ९०० रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहिवार अहिलेसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ अस्ति शुक्रवार तीन हजार ९०० रुपैयाले घटेर तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँमा झरेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ७० रुपैयाँले घटेर आज तोलाको एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको एक हजार ८७० रुपैयाँ थियो ।

The post सुनको भाउ आज तोलमा १ हजार ९०० रुपैयाँले घट्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register