अधिवक्ता श्रेष्ठको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक

झापा, २४ चैत । गायक, रचनाकार तथा अधिवक्ता अनिल श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो वास्तविक घटनामा आधारित विषयवस्तुलाई समेटेर बनाइएको गीतकार तथा गायक श्रेष्ठले जानकारी दिनुभयो । म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ कुरालाई समावेश गर्न खोजेको श्रेष्ठको भनाई छ । फर्पिङमा छायाङ्कन गरिएको उक्त [...] The post अधिवक्ता श्रेष्ठको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक appeared first on Jhapa Online.

Apr 6, 2025 - 11:16
 0
अधिवक्ता श्रेष्ठको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक

झापा, २४ चैत । गायक, रचनाकार तथा अधिवक्ता अनिल श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो वास्तविक घटनामा आधारित विषयवस्तुलाई समेटेर बनाइएको गीतकार तथा गायक श्रेष्ठले जानकारी दिनुभयो । म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ कुरालाई समावेश गर्न खोजेको श्रेष्ठको भनाई छ ।

फर्पिङमा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन लोक चन्द्र थापाले गर्नुभएको थियो भने भिडियोको निर्देशक गौतम तण्डुकारले गर्नुभएको हो । गीत तथा भिडियोको बजार व्यवस्थापनको जिम्मा यल इन्टरटेन्मेन्ट प्रालिले गरेको छ ।

यस म्युजिक भिडियोको निर्माताको रुपमा उमेरले मात्र १२ वर्षको बालक सोप्निल श्रेष्ठले गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

गीतकार, गायक तथा अधिवक्ता श्रेष्ठ लामो समयदेखि वकालत पेशासमेत गर्दै आइरहनुभएको छ ।

The post अधिवक्ता श्रेष्ठको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register