नेपाललाई १ रनले हराउँदै अफगानिस्तानले जित्यो सिरिज

काठमाडौं । अफगानिस्तानले नेपालविरुद्धको यू-१९ सिरिज जितेको छ । मुलपानी मैदानमा आइतबार भएको खेलमा घरेलु टोलीलाई १ रनले हराउँदै अफगानिस्तानले एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ रन […]

Apr 6, 2025 - 11:57
 0
नेपाललाई १ रनले हराउँदै अफगानिस्तानले जित्यो सिरिज

काठमाडौं । अफगानिस्तानले नेपालविरुद्धको यू-१९ सिरिज जितेको छ ।

मुलपानी मैदानमा आइतबार भएको खेलमा घरेलु टोलीलाई १ रनले हराउँदै अफगानिस्तानले एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

१६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १६७ रन बनाएर अलआउट भयो ।

नेपालका लागि साहिल पटेलले अर्धशतकीय पारी खेले । उनले ११९ बलमा ६ चौका प्रहार गर्दै ६४ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान मेहबुब खानले  १ सय १४ बल खेल्दै १ चौका प्रहार गर्दै ५८ रन जोडे ।

नेपालका सन्तोष यादवले १० ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register