मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् । […]

Apr 7, 2025 - 10:20
 0
मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरि मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन् ।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन् । उनले मापदण्ड विपरीतका सवारी साधनलाई कडाई गर्ने विषयमा प्रहरीका तर्फबाट असहयोग भएको गुनासो गरे ।

यसैगरि सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए । काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।

उनले स्वचालिक प्रणालीबाटै भाडादर कायम गर्नेमा सरकारात्मक रहेको धारणा राखे ।

छलफलका क्रममा यातायात व्यवसायीले बीपी राजमार्ग, दाउन्ने सडक खण्डलगायतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालनमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register