कचनकवलका २७ जनालाई मेलमिलाप तालिम

बनियानी, ४ असार । झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित सामुदायिक मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम आज सम्पन्न भएको छ। जेठ २८ गतेदेखि सुरु भएको तालिममा गाउँपालिकाका विभिन्न वडाबाट मेलमिलापकर्तासहित २७ जनाको सहभागिता थियो । तालिमको पहिलो दिन उद्घाटन सत्र, मेलमिलापको अवधारणा, यसको आवश्यकता, विवाद समाधानमा मेलमिलापको भूमिका, तथा अन्तर्राष्ट्रिय सन्दर्भहरूबारे छलफल गरिएको थियो। दोस्रोदेखि [...] The post कचनकवलका २७ जनालाई मेलमिलाप तालिम appeared first on Jhapa Online.

Jun 18, 2025 - 12:57
 0
कचनकवलका २७ जनालाई मेलमिलाप तालिम

बनियानी, ४ असार । झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित सामुदायिक मेलमिलापसम्बन्धी आठ दिने आधारभूत तालिम आज सम्पन्न भएको छ। जेठ २८ गतेदेखि सुरु भएको तालिममा गाउँपालिकाका विभिन्न वडाबाट मेलमिलापकर्तासहित २७ जनाको सहभागिता थियो ।

तालिमको पहिलो दिन उद्घाटन सत्र, मेलमिलापको अवधारणा, यसको आवश्यकता, विवाद समाधानमा मेलमिलापको भूमिका, तथा अन्तर्राष्ट्रिय सन्दर्भहरूबारे छलफल गरिएको थियो। दोस्रोदेखि सातौं दिनसम्म वैकल्पिक विवाद समाधानका उपाय, भूमिकात्मक अभ्यास, सामाजिक न्याय, मानव अधिकार, लैङ्गिक समानता, जातीय विभेद र बहुसांस्कृतिक विवाद व्यवस्थापन सम्बन्धी सत्रहरू सञ्चालन भए ।

अन्तिम दिन समग्र समीक्षा, फिडब्याक संकलन, र प्रमाणपत्र वितरण गरिँदै न्यायिक समिति संयोजक तथा उपाध्यक्ष नवराज भट्टराईले सहभागीहरूलाई सपथ गराएका थिए । तालिममा सबैभन्दा विशेष र प्रेरक सहभागिताका रूपमा कचनकवल–२ का गंगाबहादुर राई अगाडि आए । पूर्ण दृष्टिविहीन राई तालिममा सहभागी भएका एक मात्र अपाङ्ग व्यक्ति थिए । तर, कक्षाभित्र उनको उत्साह, आत्मविश्वास र सक्रियता सबैभन्दा उल्लेखनीय थियो ।

राईले भने, “म सायद झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने यात्रामा छु। यो मेरो लागि जिम्मेवारी, सौभाग्य र समाजप्रति योगदान दिने सुनौलो अवसर हो ।” मेची क्याम्पसबाट स्नातक तह अध्ययन पूरा गरिसकेका गंगाबहादुरले कानुनप्रतिको समझदारी र मेलमिलापप्रति समर्पण सशक्त रूपमा प्रस्तुत गरे। उनले तालिमको अवसर दिएकोमा संयोजक भट्टराईप्रति विशेष आभार व्यक्त गर्दै भने, “दृष्टिविहीन भएर पनि यस्तो जिम्मेवारी पाउनु गर्वको विषय हो।”

सहभागी सुनिता दर्जीले भनिन्, “सामाजिक सञ्जाल र गुनासोभन्दा प्रत्यक्ष संवाद र मेलमिलाप प्रभावकारी उपाय हो भन्ने थाहा भयो।” केशमुदिन मियाँले भने, “तालिमले व्यवहारिक विवाद समाधानमा सशक्त बनायो, अब म यसलाई व्यवहारमा उतार्नेछु।”

गाउँपालिका उपाध्यक्ष तथा संयोजक नवराज भट्टराईले भने, “मेलमिलाप हाम्रो मौलिक संस्कृति हो। अहिलेको सन्दर्भमा यसको वैज्ञानिक अभ्यास अझ आवश्यक छ। यो तालिमले त्यसको जग बसाल्न मद्दत गरेको छ।” प्रमुख अतिथि अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जोड दिए, “यस्ता तालिमले समाजमा बढ्दो विवाद, तनाव र असहमतिलाई शान्तिपूर्ण रूपमा सम्बोधन गर्ने क्षमता विकास गर्छन्। मेलमिलापकर्ता अब समुदायका अगुवा बन्न सक्छन्।”

तालिममा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको प्राविधिक सहयोग थियो । प्रशिक्षकको रूपमा संगिता थापा र चेतराज विष्ट, उजुरी प्रशासक सरला लुइँटेल, र सञ्चालनमा उमेश मिश्र थिए ।

The post कचनकवलका २७ जनालाई मेलमिलाप तालिम appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register