अमेरिका इरानविरुद्धको इजरायली सैन्य कारबाहीमा सामेल हुनेछ ? ट्रम्पले दिए जवाफ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगको बढ्दो तनावबारे इरानी वार्ताकारहरू ह्वाइट हाउस आउनसक्ने संकेत दिएका छन् । बीबीसीकाअनुसार उनले इरानको हवाई रक्षा प्रणाली “ध्वस्त” भइसकेकोले द्वन्द्व कति समयसम्म चल्छ भन्ने थाहा नभएको बताए । के अमेरिका इरानविरुद्ध इजरायलको सैन्य कारबाहीमा सामेल हुनेछ ? भन्ने प्रश्नमा उनले भने, “म यो गर्न सक्छु, म यो नगर्न […]

Jun 18, 2025 - 16:16
 0
अमेरिका इरानविरुद्धको इजरायली सैन्य कारबाहीमा सामेल हुनेछ ? ट्रम्पले दिए जवाफ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगको बढ्दो तनावबारे इरानी वार्ताकारहरू ह्वाइट हाउस आउनसक्ने संकेत दिएका छन् ।

बीबीसीकाअनुसार उनले इरानको हवाई रक्षा प्रणाली “ध्वस्त” भइसकेकोले द्वन्द्व कति समयसम्म चल्छ भन्ने थाहा नभएको बताए ।

के अमेरिका इरानविरुद्ध इजरायलको सैन्य कारबाहीमा सामेल हुनेछ ? भन्ने प्रश्नमा उनले भने, “म यो गर्न सक्छु, म यो नगर्न पनि सक्छु । म के गर्न चाहन्छु कसैलाई थाहा छैन, तर म भन्न सक्छु कि इरान धेरै दु:खी छ र कुरा गर्न चाहन्छ ।”

उनले इरानको बारेमा आफ्नो अघिल्लो भनाइ दोहोर्‍याए, “दुई धेरै सरल शब्दहरू – निःसर्त आत्मसमर्पण।”

यसअघि इरानको आलोचना गर्दै ट्रम्पले भनेका थिए, “निःसर्त आत्मसमर्पण ।” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, “हामीलाई थाहा छ – इरानका सर्वोच्च नेता कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ । हामीलाई राम्ररी थाहा छ – तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् । उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन् ।”

ट्रम्पलाई खामेनेईको जवाफ – आत्मसमर्पण गर्दैनौं

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register