तमु समाज यूकेद्वारा जेष्ठ नागरिकलाई ‘हेल्थ एण्ड सेफ्टी’ तालिम

लन्डन- तमु समाज यूकेले जेष्ठ नागरिकहरुलाई ‘हेल्थ एण्ड सेफ्टी’ तालिम प्रदान गरेको छ ।   समाजले पश्चिम लन्डनस्थित वेम्ब्लीको बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा गत १२ जुन बिहीबार जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै हेल्थ एण्ड सेफ्टी प्रशिक्षण दिएको हो।  बेलायतको श्रम सुरक्षासम्बन्धी कानुनी आवश्यकताअनुसार स्वास्थ्य तथा सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

Jun 18, 2025 - 07:46
 0
तमु समाज यूकेद्वारा जेष्ठ नागरिकलाई ‘हेल्थ एण्ड सेफ्टी’ तालिम

लन्डन- तमु समाज यूकेले जेष्ठ नागरिकहरुलाई ‘हेल्थ एण्ड सेफ्टी’ तालिम प्रदान गरेको छ ।  

समाजले पश्चिम लन्डनस्थित वेम्ब्लीको बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा गत १२ जुन बिहीबार जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै हेल्थ एण्ड सेफ्टी प्रशिक्षण दिएको हो। 

बेलायतको श्रम सुरक्षासम्बन्धी कानुनी आवश्यकताअनुसार स्वास्थ्य तथा सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

नेपालबाट बेलायत आएका धेरैजसो जेष्ठ नागरिक रोजगारीमा संलग्न नभएको वा उमेरका कारण कार्यक्षेत्रमा सक्रिय हुन नसकेको पृष्ठभूमिमा यस्ता व्यक्तिहरूले यस्ता आवश्यक तालिम प्राप्त गर्ने अवसर नपाएको अवस्थालाई ध्यानमा राखी कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रशिक्षण कार्यक्रम यूके हेल्थ एण्ड सेफ्टी इन्भाइरोमेन्टल ट्रेनिङ लिमिटेडका परामर्शदाता प्रशिक्षक म्याट एन्सेलद्वारा सञ्चालन गरिएको थियो। 

अंग्रेजी भाषामा असहज हुने सहभागीहरूको सहजताका लागि तमु समाज यूकेका सचिव क्याप्टेन तेसरजंग गुरुङले अनुवादकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

तालिममा समेटिएका प्रमुख विषयमा आधारभूत स्वास्थ्य तथा सुरक्षा चेतना, अग्नि सुरक्षा, प्राथमिक उपचार, म्यानुअल ह्यान्डलिङ, खतरनाक पदार्थहरूको नियन्त्रण (COSHH) स्क्रिन उपकरणको सुरक्षित प्रयोग (DSE), जोखिम मूल्यांकन तथा व्यवस्थापन, कार्य उपकरणको सुरक्षित प्रयोग आदि समावेश थिए ।  

कार्यक्रममा पश्चिम लन्डन वरपरका धेरै जेष्ठ नागरिकको उत्साहजनक सहभागिता थियो। उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च लोटरी फन्ड्सको प्रायोजनमा गरिएको थियो। 

प्रशिक्षणको प्रारम्भमा प्रशिक्षक म्याट एन्सेलको संक्षिप्त परिचयपछि क्याप्टेन तेसरजंग गुरुङले कार्यक्रमको उद्देश्य र स्वरूपबारे जानकारी दिएका थिए।

तालिम समापनमा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सिकेको ज्ञान व्यवहारमा लागू गर्न आग्रह गरे। साथै, प्रशिक्षक म्याट एन्सेल, तमु समाज यूकेका सचिव क्याप्टेन तेसरजंग गुरुङ, कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सल्लाहकार इमान घले तथा आजीवन सदस्य बालकृष्ण गुरुङप्रति विशेष धन्यवाद दिए। 

कार्यक्रममा खाजा तथा पेय पदार्थको व्यवस्थापन तमु समाज यूकेले गरेको थियो। समाजले भविष्यमा पनि यस्ता उपयोगी तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।

साथै, समाजले हरेक बिहीबार जेष्ठ नागरिकहरूका लागि अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ भने हरेक शनिबार नेपालीमूलका बालबालिकाका लागि सोही सामुदायिक भवन बारहम पार्क, वेम्ब्लीमा नेपाली भाषा कक्षा संचालन भइरहेको छ।

समाजले यस्ता तालिममा सहभागी हुन इच्छुकलाई संस्थामा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।

-शिवकुमार गुरुङ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register