मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन । पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु भएको हो । कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । उनलाई उपचारका लागि […]

Apr 8, 2025 - 15:45
 0
मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन । पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु भएको हो ।

कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विश्वकर्माले आर्यभञ्ज्याङमा आरन व्यवसाय गर्दै आएका थिए । उनी खाना खान घर जाने क्रममा बाटोमा खागमौरीको समूहले टोकेको बगनासकाली–२ का वडाध्यक्ष तीर्थप्रसाद भट्टराईले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register