चारतारे बुटिक श्रेणीको मान्यता लिने प्रक्रियामा रहेको ‘टेम्पल बेल बुटिक’ होटल संचालनमा

कास्की ।पोखरामा सोमवारदेखि नयाँ होटल ‘टेम्पल बेल बुटिक’ सञ्चालनमा आएको छ । चारतारे श्रेणीमा पर्ने उक्त होटल पूर्ण रूपमा बुटिक अवधारणामा तयार पारिएको होटलका सञ्चालक विश्वराज पौडेलले बताए । पौडेलका अनुसार होटलमा दुई प्रकारका सुइट कोठा समेटिएका छन् । जसअन्तर्गत एउटा प्रेसिडेन्टल सुइट र एउटा जुनियर सुइट रहेका छन् । साथै, होटलमा पाँच वटा सुपर […]

Apr 8, 2025 - 18:30
 0
चारतारे बुटिक श्रेणीको मान्यता लिने प्रक्रियामा रहेको ‘टेम्पल बेल बुटिक’ होटल संचालनमा

कास्की ।
पोखरामा सोमवारदेखि नयाँ होटल ‘टेम्पल बेल बुटिक’ सञ्चालनमा आएको छ । चारतारे श्रेणीमा पर्ने उक्त होटल पूर्ण रूपमा बुटिक अवधारणामा तयार पारिएको होटलका सञ्चालक विश्वराज पौडेलले बताए ।

पौडेलका अनुसार होटलमा दुई प्रकारका सुइट कोठा समेटिएका छन् । जसअन्तर्गत एउटा प्रेसिडेन्टल सुइट र एउटा जुनियर सुइट रहेका छन् । साथै, होटलमा पाँच वटा सुपर डिलक्स र ४७ वटा डिलक्स कोठा समेत रहेका छन् । सबै कोठा गरेर होटलमा जम्मा ५५ वटा कोठा रहेका छन् ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)का अध्यक्षसमेत रहेका पौडेलले आफ्ना भाइ भीष्मराज पौडेलसँगको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको ‘टेम्पल बेल बुटिक’ चारतारे बुटिक श्रेणीको मान्यता लिने प्रक्रियामा रहेको बताए ।

होटलका सञ्चालक रहेका पौडेल दाजुभाइ पर्यटन क्षेत्रमा करिब ३० वर्षदेखि सक्रिय छन् । लामो समयदेखि पर्यटन क्षेत्रमा अनुभवसहित सक्रिय रहँदै आएका पौडेलले सन् १९८८ बाट ’नारायणी ग्रुप अफ हस्पितालिटी’ बाट आफ्नो पर्यटन यात्रा सुरु गरेका थिए । २००८ मा ‘चिल्ली बार’ सञ्चालनमा ल्याएका थिए, जुन पोखराको लोकप्रिय रेस्टुरेन्टमध्ये एक हो । त्यसपछि ‘हिमालयन ग्लोरी’ नामक होटल सञ्चालनमा ल्याए, जहाँ १५ वटा डिलक्स कोठा र रेस्टुरेन्ट रहेका छन् । यी सबै व्यवसायमा दुईजनाकै लगानी रहेको छ ।

होटलमा पोखरामै पहिलो पटक पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्पाको सुविधा प्रदान गरिएको छ । यसका साथै, स्विमिङ पुलसँगै जोडिएको हट जकुजी पनि उपलब्ध रहेको छ ।

होटलमा नेपाली हिमालयन हेरिटेज झल्काउने ‘भोजनाकक्ष’ नामक रेस्टुरेन्ट, एक सय ५० जना अट्ने सभा हल ‘बुद्ध सदन’ र करिब ३० जना क्षमताको ‘मधुशाला’ नामक बारसमेत होटलभित्र रहेको छ । साथै, होटेलको दोस्रो रेस्टुरेन्ट ‘आटी’ नामक फाइन डाइनिङ रेस्टुरेन्टमा ६० जनाको क्षमतासमेत रहेको सञ्चालक भिष्मराव पौडेलले बताए ।

साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल पूर्ण रूपमा नेपाली थिममा तयार पारिएको छ भने प्रवेशद्वारबाटै ऐतिहासिक बुटिक शैली झल्कने सजावट देख्न सकिन्छ । होटलमा काठ र ढुङ्गाको विशेष प्रयोग गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register