पाँच लाख ६४ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ  

काठमाडौँ।  लागुऔषध नियन्त्रण व्यूरोले  पाँच लाख ६४ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई  पक्राउ गरेको छ।  औषधी जन्य मनोद्दिपक पदार्थविरुद्द  व्यूरोले संचालन गरेको  विशेष प्रहरी कारवारहीको क्रममा  दुई जनालाई  पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए।  पक्राउ पर्नेमा ललितपुर माहाङकाल न.पा. ४ बस्ने ३३  वर्षीय सुधीर लामिछाने र पर्साको महुवन गा.पा. वडा नं.६ […]

Feb 24, 2025 - 11:42
 0
 पाँच लाख ६४ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ  

काठमाडौँ। 

लागुऔषध नियन्त्रण व्यूरोले  पाँच लाख ६४ हजार ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई  पक्राउ गरेको छ।  औषधी जन्य मनोद्दिपक पदार्थविरुद्द  व्यूरोले संचालन गरेको  विशेष प्रहरी कारवारहीको क्रममा  दुई जनालाई  पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

पक्राउ पर्नेमा ललितपुर माहाङकाल न.पा. ४ बस्ने ३३  वर्षीय सुधीर लामिछाने र पर्साको महुवन गा.पा. वडा नं.६ स्थायी घर भएका ३८ वर्षीय  साईमन बनवारी रहेका छन्। 

उनीहरु मध्ये सुधीर लामिछानेलाई ट्रामाडोल ३०,००० क्याप्सुलसहित का.म.न.पा. १४ बाट र साईमन बनवारीलाई  काठमाडौँको टोखा-४ स्थित बिक्री वितरण गर्न राखेको गोदामबाट ट्रामाडोल ५,३४,१०० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरुमाथि लागु औषध मुद्दामा  म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register