स्वास्थ्यकर्मी महासंघ बझाङ जिल्लाका अध्यक्ष खड्कामाथि आक्रमण

काठमाडाैं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका बझाङ जिल्ला अध्यक्ष नरजितबहादुर खड्कामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको छ । जिल्लाको तालकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य निरीक्षक खड्कालाई गत २७ चैतका दिन स्वास्थ्य कार्यालयले आयोजना गरेको तालिम समापन पश्चात घर फर्कदै गर्दा आक्रमण गरिएको महासंघले जनाएको छ । महासंघका जिल्ला सचिव धिरेन्द्रबहादुर खड्काका […]

Apr 12, 2025 - 04:11
 0
स्वास्थ्यकर्मी महासंघ बझाङ जिल्लाका अध्यक्ष खड्कामाथि आक्रमण

काठमाडाैं ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका बझाङ जिल्ला अध्यक्ष नरजितबहादुर खड्कामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको छ ।

जिल्लाको तालकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य निरीक्षक खड्कालाई गत २७ चैतका दिन स्वास्थ्य कार्यालयले आयोजना गरेको तालिम समापन पश्चात घर फर्कदै गर्दा आक्रमण गरिएको महासंघले जनाएको छ ।

महासंघका जिल्ला सचिव धिरेन्द्रबहादुर खड्काका अनुसार अध्यक्ष खड्कामाथि सुर्मा गाउँपालिका ४ निवासी पारस बोहरा नेतृत्वको जत्थाले आक्रमण गरेको हो ।

आक्रमणमा परेका खड्काको निधार सहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । यसैबीच महासंघका सुदूरपश्चिम इन्चार्ज सिद्धप्रसाद ढुंगानाले विज्ञप्ती जारी गर्दै आक्रमणमा परि घाईते भएका खड्काको स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानविन गरी दोशीमाथि कारवाही गर्न माग गरेका छन् । उनले यस्ता घटनाले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गर्ने समेत उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register