एमालेलाई नसच्याउने हो भने काङ्ग्रेस अप्ठेरोमा पर्न सक्छ : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता  डा. शेखर कोइरालाले एमालेलाई नसच्याए काङ्ग्रेस पनि अप्ठेरोमा पर्ने बताएका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले काङ्ग्रेस सत्तामा भएपनि सरकारमा भने नरहेको दोहोर्‍याए । कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी जारी राख्नुपर्ने उल्लेख गरे ।  ‘पटक-पटक भन्ने […]

Apr 12, 2025 - 06:47
 0
एमालेलाई नसच्याउने हो भने काङ्ग्रेस अप्ठेरोमा पर्न सक्छ : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता  डा. शेखर कोइरालाले एमालेलाई नसच्याए काङ्ग्रेस पनि अप्ठेरोमा पर्ने बताएका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले काङ्ग्रेस सत्तामा भएपनि सरकारमा भने नरहेको दोहोर्‍याए ।

कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी जारी राख्नुपर्ने उल्लेख गरे ।  ‘पटक-पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं ‘, उनले अघि भने, ‘कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौँ भने अप्ठेरोमा पर्न सक्छौं ।’

उनले कांग्रेस-एमाले गठबन्धन संविधान संशोधन गर्ने जगमा भएको भन्दै संविधान संशोधन प्रक्रिया सेलाएकोप्रति असन्तुष्टि व्यक्त गरे ।  ‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने , ‘ढिलाइ भए सडक आक्रोशित हुन्छ ।’

काङ्ग्रेस एमाले गठबन्धन सरकारले  सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिए पनि दण्डहीनता बढिरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register