सामान्य अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ०८ अङ्कले बढेर २६५८ दशमलव ०२ को विन्दुमा पुगेको छ । बिहीबार ३०८ कम्पनीका ७० हजार ७०३ पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Apr 24, 2025 - 10:48
 0
सामान्य अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ०८ अङ्कले बढेर २६५८ दशमलव ०२ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०८ कम्पनीका ७० हजार ७०३ पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

८३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज नगदी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register