अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

काठमाडौँ ।  शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन । आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठूला साना संगठनले निजामती क्षेत्रका माग अविलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन । यसअघिका मागसमेत जोडेर […]

Apr 13, 2025 - 11:25
 0
अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

काठमाडौँ ।

 शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।

आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठूला साना संगठनले निजामती क्षेत्रका माग अविलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन । यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

 यसरी आन्दोलनको चेतावनी दिनमो नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्च रहेका छन् ।

 
निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register