जेलेन्स्कीले ट्रम्पलाई भने – युक्रेनको अवस्था हेरेर आउनुहोस्

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् । जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका छन् । उनले भने, “कृपया कुनै पनि निर्णय, कुनै पनि छलफल अघि यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका […]

Apr 14, 2025 - 11:04
 0
जेलेन्स्कीले ट्रम्पलाई भने – युक्रेनको अवस्था हेरेर आउनुहोस्

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो दिएका छन् ।

जेलेन्स्कीले युद्ध अन्त्य गर्न रुससँग कुनै पनि सम्झौता गर्नुअघि ट्रम्पले युक्रेनको भ्रमण गर्नुपर्ने बताएका छन् ।

उनले भने, “कृपया कुनै पनि निर्णय, कुनै पनि छलफल अघि यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस् ।”

जेलेन्स्कीले सीबीएस न्यूजको ‘६० मिनेट’ कार्यक्रममा यी कुराहरू भनेका हुन् ।

यो अन्तर्वार्ता आइतबार युक्रेनी शहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो । यस आक्रमणमा २ बालबालिका सहित ३४ जनाको मृत्यु भएको थियो । यसबाहेक ११७ जना घाइते पनि भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register