भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न चेतावनी  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ । समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका सामग्री पोस्ट नगर्न पर्साका प्रजिअ गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् । प्रशासनले सूचनामा पुराना घटनाहरूसँग सम्बन्धित र पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर […]

Apr 15, 2025 - 15:54
 0
भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न चेतावनी  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ ।

समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका सामग्री पोस्ट नगर्न पर्साका प्रजिअ गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।

प्रशासनले सूचनामा पुराना घटनाहरूसँग सम्बन्धित र पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको जनाएको छ ।

‘यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने भन्दै त्यस्ता सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही गर्ने’ चेतावनी प्रशासनको छ । साथै, सामाजिक सद्भाव बिथोलिने सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट भइसकेको भए त्यस्ता सामग्रीलाई पनि यथाशीघ्र हटाउन समेत भनेको छ ।

शनिबार हनुमान यात्राको क्रममा दुई समूहबीच झडप हुँदा वीरगञ्जमा तनावपूर्ण अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यू समेत जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register