६२ किलो गाँजासहित एक युवा पक्राउ

रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागुऔषध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको छठिमाईघाटबाट बरामद उक्त गाँजा गरेको हो । हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई […]

Apr 14, 2025 - 01:29
 0
६२ किलो गाँजासहित एक युवा पक्राउ

रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागुऔषध गाँजासहित एक युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको छठिमाईघाटबाट बरामद उक्त गाँजा गरेको हो ।

हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा रहेका प्रहरी टोलीलाई देख्नासाथ भागेको र एकजना भने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

उनका अनुसार मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरी बस्ने बर्ष २७ का विवेक थिङलाई पक्राउ गरिएको हो । चारवटा ब्यागमा रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ लगिरहेको अवस्थामा बरामद गरिएको उनले बताए ।

गाँजासहित पक्राउ परेकालाई आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register