विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ वर्षीय ङवाङ गेली शेर्पा, ३० वर्षीय शर्मिला थापा, ३८ वर्षीय मान बहादुर बस्नेत र ३० वर्षीय मेन्तन राई रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट […]

Apr 16, 2025 - 07:37
 0
विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ वर्षीय ङवाङ गेली शेर्पा, ३० वर्षीय शर्मिला थापा, ३८ वर्षीय मान बहादुर बस्नेत र ३० वर्षीय मेन्तन राई रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका शेर्पाले १ जनालाई पोल्याण्ड पठाउने भन्दै ९ लाख ३१ हजार ५ सय रुपैयाँ, थापाले एक जनाबाट ७ लाख रुपैयाँ, बस्नेतले एक जनालाई चेक रिपब्लिक पठाउने भन्दै १० लाख रुपैयाँ र राईले एक जनालाई चेक रिपब्लिक पठाउने भन्दै ६० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुले राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर पीडितहरुबाट पैसा उठाएर सम्पर्कबिहीन हुँदै आएका थिए । पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल भने उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगारीका लागि विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register