सुनको मूल्यमा फेरि अर्को रेकर्ड, अब एक तोला सुन किन्दा ज्याला/जर्ती गरेर ‘झ्याप्पै दुई लाख’

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले बढेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको […]

Apr 17, 2025 - 06:07
 0
सुनको मूल्यमा फेरि अर्को रेकर्ड, अब एक तोला सुन किन्दा ज्याला/जर्ती गरेर ‘झ्याप्पै दुई लाख’

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ६३ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६८०.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register