बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई  बन्द गर्ने निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधिलगायत व्यवस्थापन नभएका ती अस्पताल बन्द गर्न उनले निर्देशन दिएका हुन् । बन्द गर्न निर्देशन दिइएका अस्पतालमा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, […]

Apr 17, 2025 - 08:43
 0
बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई  बन्द गर्ने निर्देशन दिएका छन् ।

सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधिलगायत व्यवस्थापन नभएका ती अस्पताल बन्द गर्न उनले निर्देशन दिएका हुन् ।

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।

बुधबार अबेर साँझ बरहथवास्थित स्वास्थ्य संस्थाहरूको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधानविपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्‍याएर मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए ।

यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीका मलङ्गवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका स्थानमा स्वास्थ्यसंस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register