लागूऔषध ब्राउनसुगरसहित १० जना पक्राउ

झापा, ६ बैशाख । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका–६ बनियानि चोक स्थितमा BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल–५ का २८ वर्षीय कासिम मियालाई लागुऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्रामसहित नियन्त्रणमा लिएको [...] The post लागूऔषध ब्राउनसुगरसहित १० जना पक्राउ appeared first on Jhapa Online.

Apr 19, 2025 - 11:54
 0
लागूऔषध ब्राउनसुगरसहित १० जना पक्राउ

झापा, ६ बैशाख । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका–६ बनियानि चोक स्थितमा BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल–५ का २८ वर्षीय कासिम मियालाई लागुऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्रामसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका पाँचथरको कुम्मायक गाउँपालिका–३ का २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका–४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका–५ का २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको इनरुवा नगरपालिका–२ का २६ वर्षीय सुदिप न्यौपाने र २५ वर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका–२ का एक बालकलाई २ ग्राम लागूऔषध ब्राउनसुगरसहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका–५ स्थितबाट सोही स्थानमा २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गर्न सफल भएको हो ।

यसका साथै मोरङको बिराटनगर महानगरपालिका–१५ स्थीत एक नम्बर ढाँटमा DOG Sniffing को चेकिङ टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३९ वर्षीय रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्रामसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको छ । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको कानूनी प्रक्रिया भइरहेको छ ।

The post लागूऔषध ब्राउनसुगरसहित १० जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register