बिर्तामोडको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति

झापा, ६ बैशाख । झापाको बिर्तामोडमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ । शुक्रबार राति बिर्तामोड–२ चैतुबारीस्थित लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तात्तिएर आगोलागी भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएको थियो । आगो नेपाल प्रहरी, [...] The post बिर्तामोडको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति appeared first on Jhapa Online.

Apr 19, 2025 - 12:03
 0
बिर्तामोडको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति

झापा, ६ बैशाख । झापाको बिर्तामोडमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ ।

शुक्रबार राति बिर्तामोड–२ चैतुबारीस्थित लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तात्तिएर आगोलागी भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएको थियो । आगो नेपाल प्रहरी, स्थानीयबासी, सोही फ्याक्ट्रीका कामदार र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १०ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट प्लाई सुकाउने मेसिन जलेर करिब ९० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

The post बिर्तामोडको रिद्धिसिद्धि प्लाई उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register