मान्छेको आफ्नै मुकुट

राजेश ढुंगानातिम्रोबिरालोकोम्याउँ म्याउँ जति पनिहुन सकेनम मान्छेको सिंहासन ?ममान्छेको आफ्नै सिंहासनतिम्रो भोटे कुकुरकोगर्जन जति पनि हुन सकेनम मान्छेको राज्याभिषेकतिम्रोपहराको बित्तामाननाप मान्छेलाईन त तिम्रो साम्राज्यकै कित्तामानाप मान्छेलाईमान्छेआफै एक्लैअनन्त लम्बाई होरमान्छे आफै एक्लैमासिंगै रसम्पूर्ण संसार हो ।तिमीलेलगाएको मुकुट तकेही दिनको पाहुना हुन सक्छम मान्छेले जन्मिँदै लगाएकोमान्छेको आफ्नै मुकुट चाहिँपाहुना होइनधुलो, मैलो र जस्तोसुकैमरञ्च्याँसे किन नहोस्तर त्योपटक्कै पाहुना [...] The post मान्छेको आफ्नै मुकुट appeared first on Jhapa Online.

Apr 19, 2025 - 12:09
 0
मान्छेको आफ्नै मुकुट

राजेश ढुंगाना
तिम्रो
बिरालोको
म्याउँ म्याउँ जति पनि
हुन सकेन
म मान्छेको सिंहासन ?

मान्छेको आफ्नै सिंहासन
तिम्रो भोटे कुकुरको
गर्जन जति पनि हुन सकेन
म मान्छेको राज्याभिषेक
तिम्रो
पहराको बित्तामा
ननाप मान्छेलाई
न त तिम्रो साम्राज्यकै कित्तामा
नाप मान्छेलाई
मान्छे
आफै एक्लै
अनन्त लम्बाई हो

मान्छे आफै एक्लैमा
सिंगै र
सम्पूर्ण संसार हो ।
तिमीले
लगाएको मुकुट त
केही दिनको पाहुना हुन सक्छ
म मान्छेले जन्मिँदै लगाएको
मान्छेको आफ्नै मुकुट चाहिँ
पाहुना होइन
धुलो, मैलो र जस्तोसुकै
मरञ्च्याँसे किन नहोस्
तर त्यो
पटक्कै पाहुना हुँदै होइन
जन्मेदेखि मान्छे
आफ्नै मालिक हो
तिमी
मान्छेको शिरमा
मान्छेको सिंहासनमा बसेको
मान्छेको आफ्नै
मुकुटलाई अकण्टक
आरामसँग बस्न देऊ

उसले
विद्रोह बोल्नु अगावै

The post मान्छेको आफ्नै मुकुट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register