रोमाञ्चक जितसहित १० खेलाडीमा सीमित ललितपुर फाइनलमा, धनगढी स्तब्ध

काठमाडौं । साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो क्वालिफायरमा ललितपुरले साबिक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्‍यो। खेलको १६औं मिनेटमा मणि कुमार लामाले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा समेटिए पनि ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै […]

Apr 19, 2025 - 16:11
 0
रोमाञ्चक जितसहित १० खेलाडीमा सीमित ललितपुर फाइनलमा, धनगढी स्तब्ध

काठमाडौं । साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो क्वालिफायरमा ललितपुरले साबिक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्‍यो। खेलको १६औं मिनेटमा मणि कुमार लामाले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सीमित भएको थियो।

१० खेलाडीमा समेटिए पनि ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्‍यो। ५७औं मिनेटमा केरभेन्स बेलफोर्टले फ्रिकिकमार्फत सिधै गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। तर, त्यसको चार मिनेटमै धनगढीका जर्ज प्रिन्स कार्कीले बराबरी गोल फर्काए।

खेलको ७९औं मिनेटमा पापा इबोउ केबेले शानदार गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए।  पहिलो हाफको सुरुमै मणि कुमार लामाले धनगढीका मोहम्मद अल जाउएनीलाई फल गरेपछि रातो कार्ड पाएका थिए।

यो जितसँगै ललितपुरले वैशाख १३ गते हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित धनगढीले भने फाइनल प्रवेशका लागि आइतबार हुने पोखरा थण्डर्स र चितवनबीचको एलिमिनेटरको विजेतासँग वैशाख १० गते दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register