प्रचण्डसहितको टोलीलाई काङ्ग्रेसका मेयरले गरे सम्मान
काठमाडौं । जनतासँग माओवादी तराई- मधेस अभियानमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीलाई विभिन्न जिल्लामा अन्य दलका जनप्रतिनिधिले सम्मान गर्न थालेका छन् । यसैक्रममा आइतबार धनुषा पुगेको प्रचण्ड नेतृत्वको टोलीलाई कमला नगरपालिकाका मेयरले स्वागत तथा सम्मान गरेका छन् । मेयर विश्वेश्वर यादव नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । काङ्ग्रेसबाट निर्वाचित मेयरले फूलमाला र खादा ओढाएर […]

काठमाडौं । जनतासँग माओवादी तराई- मधेस अभियानमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीलाई विभिन्न जिल्लामा अन्य दलका जनप्रतिनिधिले सम्मान गर्न थालेका छन् ।
यसैक्रममा आइतबार धनुषा पुगेको प्रचण्ड नेतृत्वको टोलीलाई कमला नगरपालिकाका मेयरले स्वागत तथा सम्मान गरेका छन् । मेयर विश्वेश्वर यादव नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
काङ्ग्रेसबाट निर्वाचित मेयरले फूलमाला र खादा ओढाएर सम्मान गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अन्य नेताहरू दङ्ग परेका छन् ।
माओवादीले हुलाकी राजमार्ग केन्द्रित गरेर अहिले तराई-मधेस अभियान चलाइरहेको छ । झापाको कचनकवलबाट फागुन १२ गते सुरु भएको यो अभियान चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने जनाइएको छ ।
What's Your Reaction?






