तीनकुनेको आगजनीमा संलग्न कैलाश कटवाल सिंहदरबारबाट पक्राउ

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा चैत १५ मा तीनकुनेस्थित निजी घरमा आगजनी गर्ने कैलाश कटवाललाई प्रहरीले नियन्त्रण लिएको छ । सिंहदरबारमा रहेको राप्रपा संसदीय दलको कार्यलयबाट कटवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राप्रपाको संसदीय दलको कार्यालयमा  सवारीसाधन सहित कटवाल पुगेका थिए । बाग्मती प्रदेश ०१-०२७ च ९८६२ नम्बरको गाडी भित्र कटवाल थिए । प्रहरीले […]

Apr 20, 2025 - 09:56
 0
तीनकुनेको आगजनीमा संलग्न कैलाश कटवाल सिंहदरबारबाट पक्राउ

काठमाडौं । राजावादीहरूको आन्दोलनका क्रममा चैत १५ मा तीनकुनेस्थित निजी घरमा आगजनी गर्ने कैलाश कटवाललाई प्रहरीले नियन्त्रण लिएको छ । सिंहदरबारमा रहेको राप्रपा संसदीय दलको कार्यलयबाट कटवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । राप्रपाको संसदीय दलको कार्यालयमा  सवारीसाधन सहित कटवाल पुगेका थिए ।

बाग्मती प्रदेश ०१-०२७ च ९८६२ नम्बरको गाडी भित्र कटवाल थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिने कोशिस गर्दा गाडीको सिसा लगाउँदै गाडी लक गरेका थिए । त्यसपछि प्रहरीले गाडी फुटाएर नियन्त्रणमा लिने प्रयास गरेपछि कटवालले आत्मसमर्पण गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register