ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ 

काठमाडौँ । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । उनलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  यादवलाई सप्तरीको राजविराजबाट फक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा पक्राउ गरिएको हो ।  यादवविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको थियो […]

Apr 20, 2025 - 12:11
 0
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ 

काठमाडौँ । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । उनलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

यादवलाई सप्तरीको राजविराजबाट फक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा पक्राउ गरिएको हो । 

यादवविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको थियो । सोही जाहेरीका आधारमा यादवलाई सप्तरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कारवाहीका लागि ललितपुर पठाउने तयारी गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register