कार्यकालको अन्तिम समीक्षा ल्याउने अन्तिम तयारीमा गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्नेगरी तयारी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् ।  ती अधिकारीका अनुसार मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकले आवश्यक तयारी लगभग सकिसकेको छ ।  मौद्रिक नीतिको यो समीक्षा नेपाल राष्ट्र बैंकका […]

Feb 20, 2025 - 04:35
 0
कार्यकालको अन्तिम समीक्षा ल्याउने अन्तिम तयारीमा गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्नेगरी तयारी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकले आवश्यक तयारी लगभग सकिसकेको छ । 

मौद्रिक नीतिको यो समीक्षा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम समीक्षा हुनेछ । गभर्नर अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । गभर्नर अधिकारीको कार्यकालको अन्तिम समीक्षा रहेको यो मौद्रिक नीतिको समीक्षाप्रति निजी क्षेत्र तथा सेयर लगानीकर्ताहरुको ठूलो अपेक्षा गरेका छन् ।

अर्थतन्त्र पूर्ण रुपमा गतिशील नभइरहेको अवस्थामा मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र चलायमान गर्न र वित्त क्षेत्र सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register